बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्ने प्रक्रिया सुरु

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन्। 

triton college

प्रस्तावमाथि आइतबार मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले बताए। विश्वासको मत लिनेसम्बन्धी मुख्यमन्त्रीको प्रस्तावमा आइतबार मतदान गर्ने सहमति कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएसँगै आचार्य नेतृत्वको सरकारको आयु आइतबारसम्म लम्बिएको हो।

विश्वासको मत लिनका लागि असोज २५ गते मुख्यमन्त्री आचार्यले प्रदेशसभा सचिवसमक्ष सूचना दिएका थिए। प्रदेश सभामा सत्तारूढ एमालेका ४१ सांसद छन्। संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ। विपक्षी गठबन्धनका पक्षमा ५० सांसद देखिएका छन्। 

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्। केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ एकिकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने तय छ।

प्रकाशित: Oct 22, 2021| 16:56 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।