मंगलबार, फागुन २६, २०८२

अमेरिकामा फिल्म सुटिङका क्रममा गोली चल्‍यो

अमेरिकाको न्यु मेक्सिकोमा एक फिल्म सेटमा अभिनेता एलेक बाल्डविनको प्रोप गनबाट चलेको गोली लागेर क्यामरापर्सनको मृत्यु भएको छ। त्यसैगरी चलचित्र निर्देशक घाइते भएका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

वाशिङ्टन- अमेरिकाको न्यु मेक्सिकोमा एक फिल्म सेटमा अभिनेता एलेक बाल्डविनको प्रोप गनबाट चलेको गोली लागेर क्यामरापर्सनको मृत्यु भएको छ। त्यसैगरी चलचित्र निर्देशक घाइते भएका छन्। 

National life

मृत्यु भएकी हेलेना हचिन्स सुट भइरहेको फिल्म रस्टको फोटोग्राफी निर्देशक थिइन्। प्रहरीका अनुसार एलेक बाल्डविनले सुटिङका क्रममा गोली चलाएका हुन्। हेलेनालाई गोली लाग्‍नेवित्तिकै अस्पताल लगिएको थियो तर, उनको केही समयमा नै मृत्यु भएको थियो। 

घाइते भएका चलचित्र निर्देशक ४८ वर्षीय जोएल सूजालको उपचार भइरहेको छ। बाल्डविनका प्रवक्ताले समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार सुटिङका क्रममा गोली चलाउने क्रममा मिसफायर भएको बताएका छन्। 

स्थानीय प्रहरीले बोनान्जा क्रिक रेन्चस्थित चर्चित फिल्म क्षेत्रको जाँच भइरहेको बताइएको छ। हालसम्म उनीविरुद्ध कुनै मुद्दा दर्ता गरिएको छैन। 

प्रकाशित: Oct 22, 2021| 16:47 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।