शनिबार, मंसिर १३, २०८२

बेमौसमी वर्षाले गण्डकीमा २६ सय हेक्टर धानबालीमा क्षति

धान थन्क्याउने बेलामा परेको बेमौसमी वर्षाका कारण गण्डकी प्रदेशको दुई हजार ६०० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

पोखरा- धान थन्क्याउने बेलामा परेको बेमौसमी वर्षाका कारण गण्डकी प्रदेशको दुई हजार ६०० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ। प्रदेश कृषि निर्देशक वासुदेव रेग्मीका अनुसार प्रदेशमा यस वर्ष १ लाख २० हजार ८ सय २० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो। कात्तिकको सुरुमै परेको वर्षाका कारण धानबालीमा क्षति पुग्दा यस क्षेत्रका किसान चिन्तित बनेका छन्। जसका कारण प्रदेशमा धानबालीबाट हुने कुल गार्हस्थ उत्पादनमा असर पर्ने देखिएको छ। 

National life

गण्डकी प्रदेशका किसानहरुको धान पसाउने बेलामा पनि गवारो र नेक ब्लास्ट जस्ता रोगहरु देखिएका थिए। गवारो रोगबाट बचेको धान खेती काट्ने बेला बेमौसमको पानीले गर्दा काटेको धान नै कुहिएको पोखरा चाउथेका किसान दिलीप कार्कीले बताए। पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार धान राम्रो फल्ने पोखरा उपत्यकामा रहेका फेवा फाँट, पामे, हेमजा फाँट र शिशुवा क्षेत्रमा लगातारको वर्षाले गर्दा पाकेको धान खेतमै उम्रिन थालेको छ। 

उनका अनुसार महानगरपालिकाभित्र ५०० रोपनी क्षेत्रफलमा किसानले लगाएको धानवाली पूर्ण रुपमा क्षति भएको छ। १५ सय रोपनीमा लगाएको धान पूर्ण रुपमा ढलेको छ। पोखरामा बेमौसमी वर्षाका कारण भएको क्षतिले गर्दा गएको वर्ष भन्दा २५ प्रतिशत उत्पादन कम हुने अनुमान महाशाखाको छ। कास्कीको सबैभन्दा धेरै धान फल्ने पकट क्षेत्रमा निकै ठुलो क्षति पुर्‍याएको छ। अहिले कृषि विकास महाशाखाले पालिकाभित्र रहेका विभिन्‍न स्थानमा अवलोकन तथा काटेर कुहिन लागेको धानलाइ कसरी जोगाउन सकिन्छ भनेर किसानहरुलार्इ घुम्ती प्रशिक्षण दिँदै आएको छ।

धान उत्पादनमा राम्रो मानिने लेखनाथ क्षेत्रमा रहेको धानको अवस्था पनि नाजुक रहेको छ। यस क्षेत्रमा लगाईएको हाइब्रिड धान केही स्थानमा काटिएको थियो। केही भिजेको, केही सडकमा सुकाइएको, भित्तामा ठड्याइएको, हल्का चिसो अवस्थामा धान झार्ने काम गरिएको कडोरीयाले जानकारी दिए। पोखरा क्षेत्रमा मन्सुली भित्राउने अवस्थामा रहेको छ। पोखरेली जेठोबुढो दाना पुस्टिने अवस्थामा रहेको र केही स्थानमा ढलेको उठाउने प्रयास गरिएको महाशाखाले जनाएको छ।

प्रदेशमा लगाएको ४ हजार ७१५ हेक्टरमा लगाएको धानवालीमा आंशिक क्षति भएको छ भने ११ जिल्ला रहेको यो प्रदेशमा सबैभन्दा धेरै कास्कीमा क्षति भएको तथ्याङ्कले देखाएको छ।

Laxmi sunrise bank
kumari

कास्कीमा १ हजार ७३५ हेक्टरमा लगाएको धानवाली पूर्णरुपमा क्षति भएको निर्देशक रेग्मीले बताए । बेमौसमी वर्षाका वावजुद प्रदेश भरी २ हजार ३७८ हेक्टरमा लगाएको धान मात्रै किसानको भकारीमा भित्रिएको छ।

प्रकाशित: Oct 22, 2021| 15:45 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।