बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सोचेभन्‍दा रोमाञ्‍चक बन्यो फ्रान्‍स र अर्जेन्‍टिनाबीचको खेल

सोचेभन्‍दा रोमाञ्‍चक बन्यो फ्रान्‍स र अर्जेन्‍टिनाबीचको खेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-धेरै जसोले अनुमान गरेका थिए की फ्रान्स र अर्जेन्टिनाबीचको पहिलो नकाउट चरणको खेल निकै रोमाञ्चक हुन्छ भनेर । साँच्चै नै फुटबल विश्लेशक र दर्शकले सोचे भन्दा पनि रोचक बन्यो फ्रान्स र अर्जेन्टिनाबीचको शनिबारको खेल । खेल सुरु भयो, सबैका आँखा अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीमा परेका थिए । किनकी उनी अन्तिम समूह चरणको खेलमा लयमा फर्के जस्तै यस खेलमा पनि फर्किने छन भन्ने विश्वास सबैमा थियो । 

तर, खेलको १३ औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै फ्रान्सले १-० ले अग्रता लियो । डि बक्स भित्र अर्जेन्टिनाका रोजोले केलियन बाप्पेलाई ट्याकल गरेपछि फ्रान्सले पेनाल्टि पाएको थियो । पेनाल्टिको सदुपयोग गर्दै एन्थोनी ग्रिजम्यानले गोल गरे । 



पुरै खेल अर्जेन्टिनाले फ्रान्सलाई दबाबमा राख्यो । तर, खेल ७८ ओं मिनेटमा पुग्दा दबाब दुबैको बराबर रह्यो । पहिलो हाफ सकिदै लाग्दा अर्जेन्टिनाका लागी खेलको ४१ औ मिनेटमा डि मारियाले उत्कृष्ट गोल गरे । 

उनको त्यो लामो उत्कृष्ट प्रहारले खेल बराबरीमा ल्यायो । पहिलो हाफ बराबरीमा रोकिएकाले दर्शकमा कौतुहलता बढ्यो अब दोस्रो हाफ के होला भन्ने । जसले खेललाई थप रोमाञ्चक बनायो । पहिलो हाफमा शुरुवाती अग्रता लिएको फ्रान्सले अग्रता जोगाउन नसक्दा खेल बराबरी हुन पुगेको थियो ।



दोस्रो हाफ शुरु भयो । दोस्रो हाफ शुरु भएको केही मिनेटमै अर्जेन्टिनाका कप्तान मेस्सीले एक गोल गरे । मेस्सीले खेलको ४८ औं मिनेटमा गोल गर्दै आफ्नो टालीलाई अग्रता दिलाए । खेल झनै रोमाञ्चक हुदै गयो । मेस्सी लयमा आएको आभास भयो । तर, पुनः खेलको ५७ औं मिनेटमा फ्रान्सका बेन्जामिन पभार्डले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । यो खेल जारी विश्वकपमा स्पेन र पोर्चुगल पछिको दोस्रो रोमाञ्चक खेल बन्यो । 

६४ औं मिनेटमा फ्रान्सका कान्छा खेलाडी केलियन बाप्पेले एक गोल गर्दै खेललाई ३-२ को अग्रता दिलाउँदै आफ्नो पक्षमा पारे । जसले खेलमा अझैबढी रोमाञ्चकता ल्यायो । उनले समूह चरणको खेलमा पेरु विरुद्ध एक गोल गर्दै विश्वकपमा गोल गर्ने फ्रान्सका कान्छा खेलाडीको छवि पनि बनाइसकेका थिए ।  



चार मिनेट पछि पुनः बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४-२ को अग्रतामा ल्याए । यो नतिजाले  खेल हेर्नेलाई त मज्जा आयो तर, कस्तान मेस्सीको अनुहारमा सन्नाटा छायो । उनी झनै आक्रमक खेल खेल्न थाले । तर, बिडम्बना गोलपोस्ट नजिकैको उनको प्रहार फितलो भयो र फ्रान्सका गोल किपरले सोझै बल समाएपछि उनी केही निराश देखिए । 

निक्कै नै प्रतिस्पर्धात्मक खेल खेल्दा खेल्दै खेलको निर्धारित समय सकियो । खेलमा तीन मिनेट समय थपियो । खेलको इन्जुरी समयमा सर्जियो अगुएरोले एक गोल गर्दै खेललाई बराबरीमा ल्याउनसक्ने झल्को दिए । उनले मैदान प्रवेश गरेको केही मिनेटमै आकर्षक गोल गरेका थिए । 



थप समय पनि सकियो । खेल फ्रान्सले ४-३ ले आफ्नो पक्क्षमा पार्‍यो । फ्रान्सका खेलाडी खुशी मनाउँदद्यै गर्दा निरास देखिएका मेस्सीसहितको टोली मैदान बाहिरियो । १९ बर्षिया बाप्पे भने जारी विश्वकपमा व्याक्तीगत ३ गोल गर्दै राइजिङग स्टारको रुपमा हेरिन थाले ।

दुबै टोलीका लागी उति नै महत्वपुर्ण खेल भएकाले दुबै टोलीले त्यति नै फउल गरे । जुन जारी विश्वकपका खेलहरु मध्ये यो सबैभन्दा बढी फाउल भएको खेल हो । जहाँ रेफ्रिले ८ पहेलो कार्डको प्रयोग गरे । ८ पहेँलो कार्डमा मध्येबाट पाँच पहेलो कार्ड अर्जेन्टिनी खेलाडी विरुद्ध प्रयोग गरिएको थियो भने तीन पहेलो कार्ड फ्रान्सका खेलाडी विरुद्ध प्रयोग गरीएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।