शनिबार, असोज २४, २०८३

'फातसुङ'को अंग्रेजी अनुवाद नेपाल, भारत र बेलायतबाट एकसाथ सार्वजनिक

पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं– पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ। लेखक एवम् प्रकाशक अजित बरालले गरेको अनुवाद नेपालमा फाइनप्रिन्ट, भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेका छन्।

सन् २०१९ मा सर्वप्रथम नेपालीमा प्रकाशित फातसुङ बङ्ला भाषामा प्रकाशित छ भने हिन्दीमा प्रकाशन हुने क्रममा छ। आफ्नो कृति अङ्ग्रेजीमा अनुवाद भएकोमा खुसी साट्दै लेखक काविमोले भने, ‘अनुवाद त्यो पुल हो, जसले एउटा भाषालाई अर्को भाषासँग जोड्छ। एउटा साहित्यलाई अर्को साहित्यसँग जोड्छ र एउटा समाजलाई अर्को समाजसँग जोड्छ। फातसुङ अहिले त्यही पुलपछिको नयाँ यात्रामा छ।’

अनुवादक बरालले भने, ‘अन्तर्राष्ट्रिय साहित्यलाई फाट्टफुट्ट भए पनि नेपालीमा अनुवाद गर्ने काम भएका छन्। तर नेपाली साहित्यको अङ्ग्रेजी वा अन्य भाषामा राम्रो अनुवाद भएकै छैन भने पनि हुन्छ। त्यसैले स्तरीय नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन हामी नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने प्रयासमा लागेका छौं। त्यही प्रयासको प्रतिफल हो सङ अफ द सोयल।’ 

सशस्त्र माओवादी द्वन्द्वसँग धेरै समानता राख्ने राख्ने दार्जीलिङको पहिचानको सङ्घर्षको सुन्दर कथा र छुदेन काविमोको भाषिक मिठासले फातसुङको अनुवाद गर्न आफूलाई प्रेरित गरेको उनले बताए। छुदेन काविमोको उपन्यासबारे भारतीय लेखक एवम् जयपुर लिटरेचर फेस्टिभलकी निर्देशक नमिता गोखलेले भनेकी छिन्, ‘आशा, आकाङ्क्षा र तुषारापात भएको सपना नियाल्ने यो गहन र मन छुने उपन्यासले हामीलाई हिमाली समुदायको धड्किरहेको मुटुभित्र लैजान्छ । साँच्चै नै माटोको गीत यसमा जीवनको झोक्का समाहित छ।’


प्रकाशित: Oct 22, 2021| 15:09 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।