बिहीबार, भदौ ४, २०८३

र्‍याफ्टिङपछि जिपलाइनमा रमाए दाहाल [भिडियोसहित]

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिएका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिएका छन्। पारिवारिक भ्रमणका क्रममा नातिनातिनीसहित धुलिखेल पुगेका दाहालले क्लासिक जिपलाइनको अनुभव लिएका हुन्। साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै दाहालले आफूले जिपलाइनको मज्जा लिएको बताए। पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उनको भनाइ छ। 

सिन्धुपाल्चोकको सुकुटेमा बसेर काठमाडौं फर्कने क्रममा दाहालले धुलिखेलस्थित जिपलाइनको अनुभव लिएका हुन्। सुकुटेमा रात बिताएका उनले बिहीबार भोटेकोसीमा केही बेर र्‍याफ्टिङ गरेका थिए। 

सिन्धुपाल्चोकका केदार थापा  र काठमाडौंका भूपेश श्रेष्ठले वल्ड वाइड एड्भेन्चर प्रालिमार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका हुन्। जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर छ। भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिट प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

काठमाडौंबाट ३५ किलोमिटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिपलाइनको ल्यान्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन्। त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिन्छ।

प्रकाशित: Oct 22, 2021| 14:08 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।