शनिबार, असोज २४, २०८३

'केजीएफ २' मा यशसँग नोरा फतेहीको आइटम डान्स

पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो 'केजिएफ २'।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं- पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो 'केजिएफ २'। सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर रहेको उत्साह प्रस्टियो। यसैले गर्दा पनि यश फिल्मसँग जोडिएको खबरले मिडियामा राम्रो स्थान पाउने गरेका छन्।

फिल्म सन् २०२२ अप्रिलमा रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ। दर्शकको अपेक्षाभन्दा धेरै पर रिलिज तोकिएको फिल्ममा नोरा फतेही पनि देखिने भएकी छिन्। फिल्ममा आइटम गीत राखिने छ, जहाँ दर्शकले यशसँग नोरालाई देख्न पाउनेछन्। बलिउडमा आइटम गर्ल भनेर चिनिएकी नोरासँग यशको डान्स हेर्न फ्यान उत्साहित छन्। यसको पहिलो सिरिजमा पनि मौनी रोय र तमन्ना भाटियाको आइटम डान्स दर्शकले हेर्न पाएका थिए।

सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म 'केजीएफ' मार्फत स्टार बने यश। फिल्मको ट्रेलरदेखि नै चर्चामा रहेका यश रिलिजपछि फ्लोअर्स बढाउन सफल भए। फिल्ममार्फत उनको स्टारडम बढिरहँदा यसको सिक्वेललाई लिएर फ्यान प्रतीक्षित बनेका हुन्।

सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन्। यसमा यशसँगै श्रीनिधि शेट्टी, रविना टन्डन पनि मुख्य भूमिकामा हुनेछिन्। सिक्वेलमा बलिउडका बाबा अर्थात् सञ्जय दत्त पनि देखिनेछन्। उनले भिलेनको भूमिका निर्वाह गर्नेछन्। फिल्म च्याप्टर फस्टझैँ पाँच भाषामा रिलिज हुनेछ।    -न्युज कारखाना

प्रकाशित: Oct 22, 2021| 12:57 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।