मंगलबार, असार ३०, २०८३

अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो प्री क्वाटर फाइलमा फ्रान्स विजयी भएको छ । फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गरेको छ । 

खेलको १३ औ मिनेटमा एन्थोनी ग्रीजमेनको पेनाल्टी प्रहारबाट एक शुन्यको अग्रता लिएको फ्रान्सले शुरुवाती अग्रता जोगाउन नसक्दा ४१ औ मिनेटमा बराबरीमा पुगेको थियो । खेलको ४१ औ मिनेटमा अर्जेन्टिनाका डीमारियाले आकर्षक गोल गरेका थिए । एन्थोनी र डीमारियाको एक एक गोलसँगै खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । 

पहिलो हाफ अघि दबाबमा रहेको अर्जेन्टिना दोस्रो हाफमा सशक्त बनेर आउँदा खेलको अग्रता लिएको थियो । कप्तान लियोनल मेस्सीको सानदार गोलसँगै दुई एकको अग्रता लिएको अर्जेन्टिनाले धेरै समय टोलीलाई अग्रस्थानमा पुर्‍याउन सकेन । त्यसपछि फ्रान्सले लगातार तीन गोल गर्‍यो । 

फ्रान्सका लागि खेलको ५७ औ मिनेटमा पाभर्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको सात मिनेटपछि ६४ औं मिनेटमा एम्बाप्लेले अर्को गोल गर्दै खेललाई तीन दुईको अन्तरमा पुर्‍याए । एक गोलको अग्रता लिएको फ्रान्सका तर्फबाट चार मिनेटपछि ६८ औं मिनेटमा एम्बाप्लेनै अर्को गोल गर्दै खेललाई चार दुईको अग्रता दिलाए । 

खेलको थपिएको समयमा अर्जेन्टिनाका सर्जियोले तेस्रो गोल गरेसँगै फ्रान्स चार तीन गोल अन्तरले विजयी बनेको छ । 

योसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार राति पौने १२ बजे हुने खेलमा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।