मंगलबार, असार २३, २०८३

प्रिसिजन भीडन्तमा चार टिमको यस्तो रह्यो नतिजा

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सी र टोटेनहम २–२ गोलको बराबरीमा रोकिएका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सी र टोटेनहम २–२ गोलको बराबरीमा रोकिएका छन्।

खेलको १६औं मिनेटमै हाकिमी जियाचले गोल गरेपछि चेल्सीले अग्रता बनाएको थियो। त्यस्तै दोस्रो हाफको ४९औं मिनेटमा जियाचले दोस्रो गोल गरेपछि चेल्सीले २–० गोलको अग्रता बनाएको थियो।

तर, ५६औं मिनेटमा टोटेनहमका लुकास मौरा र ७०औं मिनेटमा स्टेभेन बेर्गविनले गोल गरेपछि खेल बराबरी भएको थियो।

यता अर्को खेलमा स्पेनिस क्लब बार्सिलोना अष्ट्रियन क्लब आरबी साल्जबर्गसँग २–१ गोलले पराजित भएको छ। बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले गोल गरेका थिए। यता साल्जबर्गका लागि लुकास सुसिच र ब्रेन्डेन आरोनसनले गोल गरे।

त्यस्तै, अर्को प्रिसिजन खेलमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा कार्डिजले एट्लेटिकोलाई हराएको छ।

खेलको निर्धारित समयमा एट्लेटिकोका यान्निक कारास्को र कार्डिजका अलबेर्टोले गोल गरेका थिए। खेल बराबरी भएपछि गरिएको पेनाल्टी प्रहारमा कार्डिजले ४–२ गोलको जित निकालेको हो।

विजेताले कार्डिजले रामोन डि कारान्जा ट्रफी जितेको छ। मैत्रीपूर्ण खेलका क्रममा कार्डिजले पूर्व मेयनर रामोन डि कारान्जा ट्रफी प्रिसिजन खेल हो।

प्रकाशित: Aug 05, 2021| 09:29 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।