बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक

मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक

संखुवासभाको मकालु गाउँपालिका-२ याङ्लेखर्कमा एकजनाको मृत्यु भएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका-२ याङ्लेखर्कमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका-४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। 

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। घिमिरे सूर्योदय-४ श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायीसमेत हुन्।

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेलाई याङ्लेखर्कमा पुगेपछि स्वास्थ्य समस्या देखिको थियो। उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा मंगलबार बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिए।

गत २८ असोजमा घिमिरेसहित उनका जेठा दाजु एकराज घिमिरे,माइला दाजु रुद्र घिमिरे, छिमेकी मिलन ढकाल, विराटनगर महानगरपालिका-४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र संखुवासभा चैनपुर नगरपालिका-६ का श्याम राउत मकालु आधार शिविर घुम्न गएका थिए।

घटनाबारे मृतकका दाजुले बिहीबार मात्रै प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच दिनको पैदलमा पर्दछ। संखुवासभाको मकालु आधार शिविरमा गत वर्ष खाँदबारी नगरपालिका-१ का २४ वर्षीय विवेक श्रेष्ठको लेक लागेर मृत्यु भएको थियो।  -न्युज कारखाना

प्रकाशित: Oct 22, 2021| 12:22 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।