बिहीबार, भदौ ४, २०८३

विद्यालय बगरमा परिणत हुँदा पठनपाठन प्रभावित

लगातारको वर्षाले तातोपानी गाउँपालिका–४, हाँकुमा अवस्थित नेत्रज्योती माध्यमिक विद्यालय बगरमा परिणत भएको छ। विद्यालयका केही भवन बगाएर लगेको छ भने बन्दै गरेका भवन भत्काएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

जुम्ला- लगातारको वर्षाले तातोपानी गाउँपालिका–४, हाँकुमा अवस्थित नेत्रज्योती माध्यमिक विद्यालय बगरमा परिणत भएको छ। विद्यालयका केही भवन  बगाएर लगेको छ भने बन्दै गरेका भवन भत्काएको छ।

वर्षाका कारण  विद्यालय बगर बनेपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक जज्वल्याराज न्यौपानेले बताए।  अविरल वर्षासँगै आएको बाढीले  पूर्ण रूपमा क्षति पुगेको  छ। 

‘लगातारको वर्षाले बिद्यालयको पश्चिमतिरको भवनमा  स्टोर गरी राखिएका  डेस्क, फर्निचर, भवन निमार्णका लागी ल्याएका औजार, जस्तापाता, राष्ट्रिय झण्डा राख्ने  मञ्च, घेरबार र शौचालय गरी करिब एक करोड ६६ लाख ३५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ’, प्रधानाध्यापक न्यौपानेले भने। 

नमुना विद्यालयको रूपमा रहेको नेत्रज्योती मा.वि हाँकुमा कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन  हुदै आएको छ। ६५५ जना विद्यार्थी अध्ययनत रहेका प्रधानाध्यापक न्यौपानेले बताए। उनले विद्यालयको  पुनर्निर्माणका लागि सरोकारवालासँग आग्रह गरेका छन्।  -न्युज कारखाना

प्रकाशित: Oct 22, 2021| 12:16 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।