बिहीबार, भदौ ४, २०८३

उपचारमा ढिलाइ भएको भन्दै रत्ननगर अस्पतालमा तोडफोड

पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालमा बिहीबार राति तोडफोड गरिएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

चितवन- पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालमा बिहीबार राति तोडफोड गरिएको छ। राति पौने १२ बजे दुई युवाहरूले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन्।

हातमा सामान्य चोट लागेर उपचार गर्न आएका दुई युवाहरूले उपचारमा ढिलाइ भएको झोकमा अस्पतालमा तोडफोड गरेका हुन्। पहिचान खुल्न नसकेका युवाहरूले अस्पतालका सुरक्षागार्डलाई समेत हातपात गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।


तोडफोडबाट अस्पतालको नयाँ भवनको एउटा ढोकाको सिसा फुटेको छ भने कुर्ची भाँचिएका छन्। प्रहरीले युवाहरूले प्रयोग गरेको एउटा ‘अनटेष्ट’ मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छन्। सीसी क्यामेरा फुटेजमा युवाहरूको हुलिया पहिचान भइसकेको र उनीहरूलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने डिएसपी रानाले बताए।  -न्युज कारखाना

प्रकाशित: Oct 22, 2021| 11:03 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।