बुधबार, भदौ २६, २०८१

अस्कर अवार्डमा यसकारण नेपालले भाग नलिने

नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं- नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएको छ। नेपालको अस्कर कमिटीले १९ असोजमा अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्मको आवेदन खुलाएको थियो। तर, बिहीबारसम्म कुनै पनि फिल्म दर्ता नभएपछि यस वर्ष अस्कर अवार्डमा नेपालबाट सहभागिता नहुने भएको हो।

triton college

द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइसेन्जले २२ मार्च २०२२ मा अमेरिकाको लस एन्जल्सस्थित डल्बी थिएटरमा अस्कर अवार्ड आयोजना गर्दैछ। 

नेपालस्थित अस्कर कमिटी सदस्य सामिप्यराज तिमिल्सेनाले फिल्म प्राप्त नभएको बताए। कम्तिमा एक हप्ता फिल्म हलमा प्रदर्शन भएको हुनुपर्ने वा प्रसिद्ध अनलाइन स्ट्रिमिङमा रिलिज हुनु भएको हुनुपर्ने प्रावधान कुनै पनि फिल्मले पार नगरेको हुँदा यो वर्ष अस्करमा नेपालले सहभागी नजनाउने भएको हो।

'हामी कहाँ हल नै ढिला खुल्यो यसले पनि अपेक्षित फिल्मले रिलिज गर्न पाएनन्,' कमिटी सदस्य तिमल्सेनाले भने। विमल पौडेलको संयोजकत्वमा गठित सात सदस्यीय कमिटीले केही दिनमै अमेरिकास्थित अस्कर कमिटीलाई यसबारे औपचारिक जानकारी गराउने भएको छ।  -न्युज कारखाना 

प्रकाशित: Oct 22, 2021| 10:25 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।