बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरो पीडितलाई प्याकेज मार्फत राहत दिने : प्रधानमन्त्री देउवा

बाढीपहिरो पीडितलाई प्याकेज मार्फत राहत दिने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताएका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताएका छन्।

बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न हिजो सुदूरपश्चिम प्रदेश आएका प्रधानमन्त्री देउवाले धनगढी आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन्।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बेमौसमी वर्षातले ससदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको बताउदै उनले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत उपलब्ध गराउने बताए।

एमसीसीमा नेपालकै कानुन लागू हुन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन्। 

बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँग ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन्। ‘एमसीसी सहयोग परियोजना हो, यो परियोजनामा नेपालकै कानुन अनुसार लागू हुन्छ। अमेरिकी कानुन लागू हुन्छ भन्ने कुरा साँचो होइन,’ उनले भने।

५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन।

प्रकाशित: Oct 22, 2021| 09:15 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।