मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगान महिला अधिकारका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

अफगान महिला अधिकारका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

उनले हाल अफगानिस्तानलाई सहयोग गरेका विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुलाई पनि महिला अधिकारका क्षेत्रमा खर्च गर्न आग्रह गरेकी हुन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

National life
Laxmi sunrise bank
kumari

न्युयोर्क-  संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा सहयोग गनसंयुक्त राष्ट्रसंघीय एकजना अधिकारी आग्रह गरेकी छन्। उनले हाल अफगानिस्तानलाई सहयोग गरेका विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुलाई पनि महिला अधिकारका क्षेत्रमा खर्च गर्न आग्रह गरेकी हुन्। 

अफगानिस्तानका लागि ‘युएन वुमन’ का उपप्रमुख एलिसन डेभिडियनले सो कुरा बताइन्। उनले भनेकी छन् कि अहिले अफगानिस्तानका महिलाको अवस्था निकै नै नाजुक रहेकाले विश्वका हाल अफगानिस्तानलाई सहयोग गरेका संघसंस्थाहरुले पनि यहाँ महिला अधिकार र उनीहरुको सशक्तिकरणका लागि सहयोग गर्नुपर्दछ।

उनले हाल केही समय यतादेखि अफगानिस्तानमा तालिबानी विद्रोहीहरुको सरकार रहेको भए पनि विश्वका कतिपय दाता राष्ट्र तथा संस्थाहरुले अफगानिस्तानलाई सहयोग गरिरहेका प्रसंग उल्लेख गर्दै सो सहयोग पनि यहाँका महिलाको उत्थानका लागि छुट्याउन आग्रह गरेकी हुन्। तालिबानीहरुले महिला अधिकारको सम्मान गर्न नसकेको भन्दै हाल अफगान सरकारसमक्ष महिलालाई पनि विद्यालय, विश्वविद्यालय जान दिन र अरु अधिकारकाबाट बञ्चित नगर्न विश्वका देशहरुले आग्रह गरिरहेका छन्।

प्रकाशित: Oct 22, 2021| 04:05 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।