बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रपति सीद्वारा न्यूजील्याण्डका नयाँ गभर्नर जनरल किरोलाई बधाई

राष्ट्रपति सीद्वारा न्यूजील्याण्डका नयाँ गभर्नर जनरल किरोलाई बधाई

चिनियाँ राष्ट्रपति सी चीनफिङले बिहीबार सिन्डी किरोलाई न्यूजील्याण्डको नयाँ गभर्नर-जनरलको रूपमा पदभार ग्रहण गरेकोमा बधाई ज्ञापन गरेका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चीनफिङले बिहीबार सिन्डी किरोलाई न्यूजील्याण्डको नयाँ गभर्नर-जनरलको रूपमा पदभार ग्रहण गरेकोमा बधाई ज्ञापन गरेका छन्।

National life

बधाई सन्देशमा राष्ट्रपति सीले चीन र न्यूजील्याण्ड एक अर्काका लागि महत्वपूर्ण साझेदार भएको बताएका छन्। विगत चार वर्षदेखि दुई देशले कूटनीतिक सम्बन्ध स्थापित गरेपछि चीन  र न्यूजील्याण्ड बीचको सम्बन्धमा उल्लेखनीय विकास भएको छ र द्वीपक्षीय सहयोगमा सुधार आएको छ।

कोभिड १९ महामारीको सामना गर्दै चीन र न्यूजील्याण्डले प्रकोपको रोकथाम तथा नियन्त्रण र आर्थिक सुधार जस्ता क्षेत्रमा लिइएको रणनीति प्रभावकारी रहेको राष्ट्रपति सीले बताएका हुन्।

उक्त बधाई सन्देशमा राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धको विकासलाई महत्त्व दिदै नयाँ गभर्नर किरोसँग मिलेर पारस्परिक सम्मान, आपसी हित र जितको नतिजाको सिद्धान्तलाई कायम राख्न, संवाद, सञ्चार र सहयोगलाई बलियो बनाउन र चीनलाई अगाडि बढाउन इच्छुक रहेको विचार व्यक्त गरेका छन्। 

चीन र न्यूजील्याण्ड बृहत रणनीतिक साझेदारीलाई अझ धेरै उपलब्धि उन्मुख बनाउँनका लागि थप अगाडि बढाउन दुवै देश तत्पर रहनुपर्ने विचार राष्ट्रपति सीले व्यक्त गरेका छन्।


प्रकाशित: Oct 22, 2021| 00:35 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।