मंगलबार, असार ३०, २०८३

अर्जेन्टिना र फ्रान्सको पहिलो हाफ : १-१ को बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार जारी पहिलो प्रिक्वाटरफाइनल खेलको पहिलो हाफ एक एकको बराबरीमा सकिएको छ । 

प्रतियोगिताको १३ औं मिनेटमा फ्रान्सका एन्थोनी ग्रीजमेनले पेनाल्टी मार्फट गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । 

दबाबमा रहेको अर्जेन्टिनाका तर्फबाट खेलको ४१ औ मिनेटमा डी मारियाले जवाफी गोल गर्दै खेललाई बराबरीमा फर्काएका छन् ।

अर्जेन्टिनाका लागी खेलको ४१ औ मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै खेललार्इ बराबरीमा ल्याए । शुरुवाती अग्रता लिएको फ्रान्सले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकिएको हो ।

मिडफिल्डर मारिया पछिल्लो समय पेरिस सेन्ट जर्मन (पिएसज) बाट लिग–१ खेल्दै आएका छन् । उनले पछिल्ले सिजनको लिग–१ का २९ खेलबाट ११ गोल गरेका छन् । यसै बर्ष मात्र राष्ट्रिय टोलीका लागी चार खेल खेलेका उनले १ गोल गरेका छन् । जारी विश्वकपमा उनको यो पहिलो गोल हो ।

अर्जेन्टिनाका लागी समूह चरणको यात्रा भने सहज हुन सकेन । पहिलो खेलमानै नवप्रवेशी आईसल्याण्डसँग १–१ को बराबरी खेल्दै निराश पारेको थियो । दोस्रो खेलमा क्रोएसियासँग ३–० को लज्जास्पद हार बेहोर्दै यात्रा झनै कठिन बनाएको अर्जेन्टिनाले अन्तिम खेलमा नाईजेरियालाई नाटकिए रुपमा २–१ ले पराजित गर्दै समूह डि को उपविजेता बन्दै नकाउट चरणकमा प्रवेश गरेको थियो।

१–१ को स्थीतीलाई खेल सकिन  पाँच मिनेट बाँकी हुदा सर्जियो यग्युरोले एक गोल थप्दै खेलनै पल्टाई दिएका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।