बिहीबार, भदौ ४, २०८३

वर्षापछिको हावाहुरीले हुम्लाको हवाई सेवा अवरुद्ध

हुम्लाको एक मात्र यातायातको माध्यम हवाई सेवा अविरल वर्षापछिको हावाहुरीको कारण अवरुद्ध भएको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

हुम्ला- हुम्लाको एक मात्र यातायातको माध्यम हवाई सेवा अविरल वर्षापछिको हावाहुरीको कारण अवरुद्ध भएको छ।

सिमकोट गाउँपालिकाको मात्र रहेको एक मात्र हवाई सेवा आइतबार रातिदेखि अविरल वर्षापछि हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको हो।

बिहीबार बिहानैदेखि नेपालगंज र सुर्खेतदेखि सिमकोटका लागि उडान भर्ने तयारी भए पनि मौसमका कारण हवाई  सेवा अवरुद्ध भएको समिट एयर सिमकोटका स्टेसन इन्चार्ज गोविन्द लामाले जानकारी दिए।

यता, तारा एयरले पनि वर्षाका कारण उडान सेवा अवरुद्ध भएको जनाएको छ। नेपालगंजबाट जहाजहरूले उडान भर्ने तयारी गरेका भए पनि अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ।

टिकट लिइसकेका यात्रुहरू नेपालगंजमै रोकिएका छन्। यसबाट दसैँ मनाउन जिल्लाबाट गएका र  जिल्ला भित्रिएका व्यक्तिहरू गन्तव्यतर्फ जान नपाउँदा समस्यामा परेका छन्। -सुरेश परिरयार/न्युज कारखाना


प्रकाशित: Oct 21, 2021| 19:40 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।