बुधबार, कात्तिक १२, २०८२

सात दिनदेखि हराइरहेका व्यक्तिको शव फेला

बैतडीमा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको सुर्नया ५ कक्स्यालिमा ७ दिनदेखि हराइरहेका ध्वजबहादुर विष्टको शव फेला परेको हो।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८
Kumaribank
Metro Mart

बैतडी- बैतडीमा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको सुर्नया ५ कक्स्यालिमा ७ दिनदेखि हराइरहेका ध्वजबहादुर विष्टको शव फेला परेको हो। घोडधौनीस्थित आफ्ना दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका ४७ वर्षीय बिष्ट ७ दिनदेखि सम्पर्कविहीन भएका थिए। 

खोजी गर्ने क्रममा आज शव सडेको अवस्थामा कक्स्यालिकै भिरमा फेला परेको रोलेश्वर प्रहरी चौकीका इन्चार्ज भुवन चन्दले बताए। मृतक विष्टका दुई श्रीमती र तीनवटा छोरा छन्। 

घटना के कारणले भएको भन्ने एकीन भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि डडेल्धुरा पठाएको प्रहरी सहायक निरीक्षक चन्दले बताए। -न्युज कारखाना

प्रकाशित: Oct 21, 2021| 18:22 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।