बिहीबार, भदौ ४, २०८३

रुपन्देहीमा ६ महिनामा ६ करोडको तस्करीको सामान बरामद

रुपन्देही प्रहरीले ६ महिनामा करिब ६ करोड बराबरको तस्करीको सामान बरामद गरेको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

बुटवल- रुपन्देही प्रहरीले ६ महिनामा करिब ६ करोड बराबरको तस्करीको सामान बरामद गरेको छ। बैशाखदेखि ४ कात्तिकसम्ममा पाँच करोड ९६ लाख आठ हजार चार सय ३७ रुपैयाँ बराबरको तस्करीको सामान प्रहरीले बरामद गरेको हो। बरामद सबै सामान भन्सार चलान गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज महिनामा सबैभन्दा बढी तस्करीको सामान बरामद भएको छ। यो महिना एक करोड ४४ लाख दुई हजार एक सय १० रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।

यस्तै साउनमा एक करोड २४ लाख ९६ हजार आठ सय १० रुपैयाँ बराबरको सामान बरामद भएको छ। प्रहरीका अनुसार बैशाखमा एक करोड चार लाख तीन हजार चार सय १२, जेठमा १२ लाख ७३ हजार आठ सय ८०, असारमा एक करोड पाँच लाख २९ हजार ६ सय ९६, भदौमा ८५ लाख चार हजार दुई सय ८९ र ४ कात्तिकसम्म १९ लाख ९८ हजार एक सय ६० रुपैयाँ बराबरको तस्करीको सामान बरामद भएको छ।

चाडपर्वको समयमा बढी तस्करी हुने गरेको र यसको नियन्त्रणका लागि प्रहरी गस्ती बढाएको प्रहरी सहायक प्रवक्ता चन्दले बताए। रुपन्देहीका विभिन्न सीमानाकाबाट तस्करी गरी सामान ल्याउने क्रम नरोकिँदा राजश्वमा समेत असर परेको छ। जिल्लाको बेलहिया नाका नेपाल–भारतबीचको मुख्य नाका भएकाले यस नाकाबाट तस्करीका घटना बारम्बार हुने गरेका छन्।

कुखुराका चल्ला, लागूऔषध, खाद्यान्न, कपडालगायतका सामग्रीको तस्करी बढी मात्रामा हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ।  -न्युज कारखाना

प्रकाशित: Oct 21, 2021| 14:50 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।