मंगलबार, फागुन २६, २०८२

भारतमा दैनिक संक्रमितको संख्या फेरि बढ्यो

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

National life
Laxmi sunrise bank
kumari

नयाँदिल्ली– भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ। बुधबार भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ  संक्रमित थपिएकामा बिहीबार त्योभन्दा चार हजार बढी देखिएको छ। पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन्।

सोही अवधिमा १७ हजार ५१६ जना संक्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या थोरै भएकाले सक्रिय संक्रमितको संख्या पनि वृद्धि भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ। 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड ३४ लाख ९५ हजार ८०८ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Oct 21, 2021| 12:58 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।