बिहीबार, भदौ ४, २०८३

बाढीपीडितलाई राहत दिइनेछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने बताएका छन्।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

सुर्खेत- प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने बताएका छन्। बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताए।

सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रमा अनुगमनका लागि हिँडेका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थल करिब आधा घन्टा बिताएका थिए। देशभर बाढीपहिरोको कारण ठूलो क्षति भएको भन्दै उनले सरकारले उचित क्षतिपूर्ति दिने घोषणा गरे।

प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायत विभागीय मन्त्रीहरूसँग समेत  छलफल गरेका थिए। बिहीबार बिहान ८: २० मा उनी काठमाडौंबाट सुर्खेत आइपुगेका थिए।

प्रधानमन्त्री कर्णाली र  सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न आएका हुन्। सुर्खेत विमानस्थलमा हेलिकप्टरले फ्युल भरेपछि उनी डोटीको दिपायल लागेका छन्। नेपाली सेनासँग बाढीपीडितको अवस्था बिफ्रिङ सुनेर उनी बझाङ थलाराको स्थलगत अवलोकन गरे। 

प्रधानमन्त्रीले बझाङ चैनपुर सैनिक ब्यारेकमा ब्रिफिङ, ढुंगाड बाढीपहिरो पीडित क्षेत्रको स्थलगत अवलोकन र डडेल्धुराको दहस्थित सैनिक ब्यारेकमा लन्च खाने कार्यक्रम छ। 

दह ब्यारेकमा खाना खाएर प्रधानमन्त्री देउवा डडेल्धुराको जोगबुढामा बाढीको स्थलगत अवलोकन गर्ने, त्यहाँबाट कन्चनपुरको महेन्द्रनगर सैनिक ब्यारेकमा पुग्ने कार्यक्रम छ। कन्चनपुरमा रहँदा ब्रहमदेव र चाँदनी दोधाराको स्थलगत अवलोकन गर्ने छन्। 

बेलुका उनी कैलालीको धनगढीको डिभोटीमा बास बस्ने छन्। प्रधानमन्त्री देउवा भोलि मात्र काठमाडौं फर्किने छन्। उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायर छन्   -न्युज कारखाना

प्रकाशित: Oct 21, 2021| 12:26 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।