काठमाडौं–रुसमा जारी फिफा विश्वकपमा नकाउट चरणको दोस्रो खेल क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उरुग्वेको सामना गर्दैछ ।
यो खेल फिस्ट ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार राति पौने १२ बजे शुरु हुदैछ । यी दुई खेलको विजेता क्वार्टरफाइनलमा फ्रान्स र अर्जेन्टिनाबीचको विजेतासँग भिड्नेछ ।
उरुग्वे भने आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा स्पेनसम्मिलित समूहबाट पोर्चुगल उपविजेताका रुपमा अघि बढेको थियो ।
सुरुवाति दुई खेलमा चार गोल गर्दै वाहीवाही कमाएका रोनाल्डो इरानसँग पेनाल्टीमा गोल गर्नबाट चुक्दा आलोचनाको शिकार भएका थिए । उनले स्पेनसँगको आफ्नो पहिलो खेलमा ह्याट्रिक गरेका थिए भने दोस्रो खेलमा मोरोक्कोसँग एक गोल गरेका थिए । रोनाल्डो यस बर्ष विश्वकपमा गोल्डेन बुटको दाबेदारका रुपमा हेरिएका छन् ।
हाल सम्म इङ्ल्यान्डका ह्यारी केन, बेल्जियमका रोमेलु लुकाकुसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको पनि नाम छ । जबकी केनले ५ तथा रोनाल्डो र लुकाकुले समान ४ गोल गरिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४