मंगलबार, असार ३०, २०८३

गोलै नखाई नकआउट चरण पुगेको उरुग्वे रोनाल्डोका लागि कति घातक !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी विश्वकप प्रतियोगिता अन्तर्गत शनिबार राति हुने खेललाई विशेष महत्वका साथ हेरिएको छ । प्रतियोगितामा पोर्चुगलले उरुग्वेको सामना गर्नुपर्नेछ ।

गोल्डेन बुटको दाबेदार मानिएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि पनि यो खेल निक्कै चुनौतीपूर्ण हुनेछ । किनकी उरुग्वे जारी प्रतियोगितामा एक गोल पनि नखाई यो चरणसम्म आउने पहिलो राष्ट्र हो । 

उरुग्वेको गोलरहित समुह चरणको यात्रा यो भने पहिलो हैन । यस भन्दा पहिला चार पटक पनि उरुग्वे गोल नखाई नै समूहचरण पार गर्न सफल भएको थियो । 

२०१०, १९५४, १९५० र १९३० मा उरुग्वले कुनै गोल नखाई समूह चरण पार गरेको थियो । १९५४ मा समूह चरणको खेलमा उरुग्वेले स्कटल्याण्डविरुद्ध एकै खेलमा ७ गोल गरेको थियो । त्यस्तै १९५० मा बोलिभिया विरुद्ध ८ र १९३० मा रोमानीविरुद्ध चार गोल गरेको थियो ।

उरुग्वेले समूह चरणका तीन खेल खेल्दै पाँच गोल गर्‍यो । पहिलो खेलमा इजिप्टलाई १-० ले पराजित गर्दा दोस्रो खेलमा पनि साउदी अरबियालाई १-० ले पराजित गरेको थियो । समूहको अन्तिम खेलमा आयोजक रुसलाई ३-० को फराकिलो जितले समूह बिजेता बन्दै उरुग्वे नकआउट चरणमा पुगेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।