आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले १ लाख राहत दिने

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले १ लाख राहत दिने

प्रदेश १ सरकारले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

विराटनगर– प्रदेश १ सरकारले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । 

National life

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरोले पूर्ण रूपमा घरमा क्षति पुर्याएको परिवारलाई घर बनाउन ३ लाख  राहत उपलब्ध गराउने निर्णय पनि गरेको सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले जानकारी दिए ।

यसैबीच मुख्यमन्त्री भीमप्रसाद आचार्यले विराटनगरको हवाई सेवा सुचारु गर्न, दुहवीमा विजुलीको शव–स्टेशनमा भएको समस्या तत्काल समाधान गर्न, बाढी पहिरोमा फसेकालाई उद्धार, सहयोग गर्न तथा प्रदेशभरी भएको क्षतिको विवरण संकलन गर्न मातहतका विभागहरूलाई निर्देशन समेत दिएका छन् । 

स्थानीय तहहरूसँग समन्वय गरी भएका सबै अवरोधहरू हटाउन सरकारका सबै संयन्त्र परिचालित हुन मुख्यमन्त्री आचार्यले निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले बताए। उनका अनुसार पाकेको धानबालीमा भएको क्षतिको विवरण संकलन गरी कृषकका लागि राहत प्याकेज ल्याउन भूमिीव्यवस्था, कृषी तथा सहकारी मन्त्रालयलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिएका छन् ।

प्रकाशित: Oct 20, 2021| 20:30 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।