शनिबार, असोज २४, २०८३

भारतमा जिप दुर्घटना हुँदा बैतडीका २ सहित ५ जनाको मृत्यु

भारतको पिथौरागढमा भएको जिप दुर्घटनामा बैतडीका दुई जना सहित ५ जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

बैतडी- भारतको पिथौरागढमा भएको जिप दुर्घटनामा बैतडीका दुई जना सहित ५ जनाको मृत्यु भएको छ। भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पीएच०१एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भिरबाट खसेर दुर्घटना भएको हो। 

दुर्घटनामा बैतडीको पाटन- ६ का मोहन जोशी, खिमाली गाउँका दीपक अवस्थी, भारतीय सेनाका अवकासप्राप्त ब्रिग्रेडियर विनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंहको मृत्यु भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनामा मृत्यु भएका जोशी पाटन बहुमुखी क्याम्पस पाटन बैतडीमा प्राध्यापनरत थिए।

गाडी विनोदकुमार चन्द आफैँले चलाइरहेका थिए। उनको गाउँ बुगामा आजै कुलपूजा थियो। पूजाभन्दा अगाडि बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्णप्रयाग जाने सल्लाह दिएका थिए।

स्नान गरेर कुलपूजाका लागि फर्किंदै गर्दा दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ। अवस्थी र जोशी चन्दका कुल पुजारीसमेत थिए। चन्द राति अनिँदो रहेका र गाडी चलाउँदा निद्रा लागेपछि दुर्घटना भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सञ्‍चारमाध्यमले जनाएका छन्।

प्रकाशित: Oct 20, 2021| 19:21 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...