बिहीबार, वैशाख २४, २०८३

भारतम थप १४ हजार ६२३ जनामा कोरोना संक्रमण

पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

नयाँ दिल्ली- पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना सङ्क्रमतिको कूल संख्या तीन करोड ४१ लाख ८ हजार ९९६ जना पुगेको छ। 

National life

मंगलबार भारतमा कोरोनाका थप सङ्क्रमितको संख्या १४ हजार ६२३ जनामा भएकोमा सात हजार ५४३ जना केरला राज्यका रहेका थिए। केरलामा मङ्गलबार कोरोना सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएको थियो। 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने एक लाख ७८ हजार ९८ जना रहेका अधिकारीले जनाएका छन्। यो सङ्ख्या २२९ दिन यताको सबभन्दा कम भएको पनि जनाइएको छ। हाल सक्रिय सङ्क्रमित सङ्ख्या कूल सङ्क्रमितको ०.५२ प्रतिशत मात्र रहेको बुधबार प्राप्त समाचारमा जनाइएको छ। 

मंगलबार १९ हजार ४४६ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त भएका कूल संख्या तीन करोड ३४ लाख ७८ हजार २४७ रहेका सो मन्त्रालयले बुधबार जनाएको छ ।  कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८ः१५ प्रतिशत भएको मन्त्रालयले बुधबार जनाइएको छ।

स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ४४ लाख २९ हजार भन्दा बढी  व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ। भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म ९९ करोड १२ लाख ८२ हजार २८३ डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ।

प्रकाशित: Oct 21, 2021| 00:05 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।