बुधबार, वैशाख १०, २०८२

प्राकृतिक विपद्सँगै सुदूरपश्चिममा हरायो दसैंको खुसी

टीकाको दोस्रो दिन राति भएको भीषण वर्षाले काटिएको सबै धान डुवानमा तैरिरहेको देख्दा नसोचेको घटना भएको अनुभव उनले सुनाए।
 |  बुधबार, कात्तिक ३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

vianetvianet

कैलाली- असोज महिना सकिनलाग्दा किसान वीरबहादुर चौधरी परिवारका अन्य सदस्यसहित खेतमा पाकेर झुलिसकेको धानबाली काट्ने चटारोमा थिए।

triton college

घरमा बडादसैं मनाउने तयारी सँगसँगै मनसुनी वर्षा सकिएको विश्वासमा उनले टीकाको अघिल्लो दिन देखिनै धान काट्न सुरु गरेका थिए। टीकाको दिन घर र छरछिमेकमा मान्यजनसँग टीका लगाइसेपछि काटेर सुकाइएको धान सम्याउन नपाउँदै भएको वर्षाले सबै धान डुबानमा परी क्षति पुग्यो। धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँका उनले दुःखेसो गरे, 'बडासैंको खुसी डुवानले धानबालीमा पुगेको नोक्सानले हराएको छ।'

कैलाली गाउँपालिकाका किसान मानबहादुर चौधरीको घरमा बडादसैं माउन थारु परिकारका मीठा खानाका परिकार पकाइएको थियो। टीका लगाइसकेपछि मीठो मसिनो खाना खाएर परिवारका सदस्य खेतमा धानबाली काट्न व्यस्त थिए।

टीकाको दोस्रो दिन राति भएको भीषण वर्षाले काटिएको सबै धान डुवानमा तैरिरहेको देख्दा नसोचेको घटना भएको अनुभव उनले सुनाए। 'मनसुनी वर्षा सकिँदा पनि नसोचेको वर्षा हुँदा सपनाजस्तै लाग्यो,' मोहना नदीमा पानीको बहाव मापन गर्ने कामको समेत जिम्मा लिएका (गेजरिडर) चौधरीले भने, ‘बिसनपुर गाउँमा मात्रै झण्डै २५ बिघा खेतको काटेको धानबाली मोहनाको बाढीले बगाएर क्षति पुर्याउदा ठूलो नोक्सनी भएको छ।’

आइतबार साँझमा अचानक दक्षिण–पूर्वी क्षेत्रबाट चलेको आँधी बेहरीले टिन कर्कटपाताले छाएका कैयौं घरका छाना उडाइ क्षति पुर्याउदासम्म किसानलाई ठूलो वर्षा हुने विश्वास लागेको थिएन। आँधीबेरीले खेतमा काटेर सुकाइएको धानबाली सम्याउँदै गरेका किसानलाई जाडो याम आउन लाग्दा चलेको ठूलो आँधीबेरीले त्रसित भने बनाएको थियो।

National life insurance

राति ९ बजेसम्म हल्का वर्षा भइरहँदासम्म पनि किसान भने ठूलो वर्षा नहुने विश्वासमा थिए। वर्षा नरोकिएपछि धेरै किसान खेतमा थुपारिएको धानबाली त्रिपालले छोप्ने प्रयास पनि गरेका थिए। तर हावाहुरीले छोपिएको धानको त्रिपाल उडाउन थालेको र नकाटेको धानबाली ढल्न लाग्दा भने धेरै किसान अत्तालिएका थिए।

सोमबार बिहान खेतमा तीन चार फिटसम्म जमेको पानीमा काटेर सुकाइएको बाली तैरिइरहेको दुश्यले किसानमा चिन्ता बढ्यो। बेमौसममा भएको यस्तो भीषण वर्षाले निम्त्याएको विपद् आफूले पहिलो पटक देखेको धनगढीका किसान हरि राना बताए। उनले दुःखेसो सुनाए,‘धानखेती गर्दा लागेको लगानी पनि खेर गयो,अब के खाने भन्ने चिन्ता पनि थपियो।’

यस्तो पीडा यतिबेला कैलाली र कञ्चनपुरका किसानलाई बढी देखिएको छ। वर्षाका कारण धानखेत जलमग्न भएका छन् भने धेरै बस्ती डुबानमा परेका छन्। वर्षाले पुर्याएको क्षतिबारे मङ्गलबार स्थलगत अध्ययन गरेका कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले जिल्लामा ठूलो क्षेत्रफलको धानबाली वर्षाले नष्ट पारेको बताए।

‘यसपाली धानबाली उत्पादन विगतको वर्ष भन्दा वृद्धि हुने अनुमान थियो,' उनले भने,‘खेतका फाँटमा थन्क्याइएको धानबाली पूरै डुवानमा परेको छ, नकाटेको धान हावाहुरीले ढाल्दा डुवानमा परेर क्षति पुगेको छ।’

सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टर जग्गामा बर्खे धानबालीको खेती हुने गरेको छ। पहाडी सात जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा बढी क्षेत्रफलको जग्गामा धानखेती हुने गरेको छ। हिँउले आलु खेतीका लागि केही दिनअघि मात्रै बारी खनजोत गरेर आलु रोपेका किसानको आलुको बीउ उम्रिन नपाउँदै डुवानका कारण सडेर नष्ट भएको छ। बालीमा पुगेको क्षतिको थप एकीन विवरण आउन बाँकी छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार,वर्षासँगै भएको बाढी, पहिरो डुवानमा परी प्रदेशमा बुधवार बिहानसम्म थप ५ जनाको मृत्यु भएको छ। यो समेत गरी प्रदेशमा आज बिहानसम्म जम्मा १५ व्यक्तिको मृत्यु भएको छ।

डोटीका ३६वर्षीय झुपरी सार्की, बैतडीका ७१वर्षीया पारुदेवि महरा, २५ वर्षका भानु पार्की, २१वर्षीय पवित्रा पार्की र तीन वर्षीय बालक देवन पार्कीको मृत्यु भएको छ। बझाङको थलरा गाउँपालिकामा गएको पहिरोमा परी २३ जना वेपत्ता भएका छन्। डोटीमा तीन, डडेलधुरमा दुई बैतडीमा दुई जना समेत सात जना घाइते भएका छन्।

नदीमा बगेर कैलाली र डोटीमा एक एक जना वेपत्ता छन्। कैलालीको कर्णाली नदीमा माछा मार्न गएका तीन जना सम्पर्कमा नआएको समेत प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

ठाउँ-ठाउँमा गएको पहिरोका कारण प्रदेशका पहाडी क्षेत्रका धेरै सडकमा आवागमन अवरुद्ध भएको छ। इन्टरनेट सेवा समेत अवरुद्ध बनेको छ।तराई क्षेत्रमा डुवान कटानको समस्या र पहाडमा पहिरो र नदी कटानको समस्या बढी देखिएको छ। -सिद्धराज भट्ट/रासस

प्रकाशित: Oct 20, 2021| 23:30 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।