शुक्रबार, भदौ ५, २०८३

विपतमा सरकार भएको आभास दिने गरी काम गर्न पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिने गरी काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिने गरी काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। 

पौडेलले बुधवार सामाजिक सञ्जालमार्फत आम नागरिकलाई सरकार छ भन्ने आभास दिने गरी काम गर्न आग्रह गरेका हुन्। उनले अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाएको भन्दै सरकारले आफ्नो सम्पूर्ण ध्यान तत्काल उद्धार र राहतका लागि केन्द्रित गर्नुपर्ने बताएका छन्।

उनले सिंगै अन्न भण्डारका रुपमा रहेको तराईका किसानको धानवाली नष्ट भएको भन्दै किसानहरुलाई समेत राहत दिन आग्रह गरेका छन् ।

प्रकाशित: Oct 20, 2021| 17:41 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...