बिहीबार, भदौ ४, २०८३

प्रदेश १ मा बाढीपहिरोमा ४९ जनाको मृत्यु

सोमबार देखिको अविरल बर्षासँगै आएको बाढी पहिरोमा परि प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

विराटनगर- सोमबारदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ। सात जना बेपत्ता छन्।बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथरमा २२, इलाममा १२, धनकुटामा ६, सुनसरीमा ५, उदयपुरमा २, भोजपुर र मोरङमा १–१ जनाको मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

उनका अनुसार सुनसरीमा ७ जना बेपत्ता छन्। उनीहरुको खोजी कार्य जारी रहेको एसपी राईले बताए। धनकुटाबाट ६ जना घाइतेको प्रहरीले उद्धार गरेको छ। बाढीपहिरोमा परेर घाईते भएका उनीहरुको उद्धार गरिएको एसपी राईले बताए। प्रदेश १ का विभिन्न जिल्लाबाट क्षतिको विवरण संकलन भइरहेको एसपी राईले बताए।

प्रकाशित: Oct 20, 2021| 17:33 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।