बुधबार, चैत ११, २०८२

फ्रान्स र अर्जेन्टिना कस्ले मार्ला बाजी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-अर्जेन्टिनाका स्ट्राईकर लेयोनल मेस्सीकालागी आजको दिनपनि चुनौतिपूर्ण हुनेछ । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेर फ्रान्सलाई हराएको खण्डमा मात्र उनी नेतृत्वको टोली जारी विश्वकपमा अघिल्लो चरणका लागि योग्य हुनेछ । 

जसरी समुहचरणको अन्तिम खेलमा उनले आफूलाई सशक्त खेलाडीको परिचय दिने गरी खेल देखाए, त्यही खेल आजपनि दोहोर्‍याउन सके जीत निश्चित रहेको खेलप्रेमीको तर्कछ । आज जीत निकाल्न सके अर्जेन्टिनालाई सन् १९८६ पछि पहिलो पटक विश्पकप उपाधी निजके पुग्ने अवसर प्राप्त हुनेछ । 

अर्को तिर फ्रान्स पनि सन् १९९८ को विश्वकप इतिहास पुनः दोहोर्‍याउने दाउमा हुनेछ । जारी विश्वकपको समूह चरणको खेल हेर्दा फ्रान्सले निकै नै उत्कृष्ट खेल प्रस्तुत गरिरहेको छ । तर, फ्रान्सले आफ्नो अन्तिम खेलमा डेनमार्कसँग निराशा जनक प्रदर्शन गरेको थियो।

दुबै टिम कसरी नकाउटमा पुगे

समूह चरणका दुई खेल खेल्दै शीर्ष १६ मा पुगेको फ्रान्सका लागी कोच डिडिएर डेसच्याम्पले  डेनमार्कविरुद्ध अन्तिम समूह खेलका लागी धेरै खेलाडी परिवर्तन गरे । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध २-१ ले जित निकालेको फ्रान्सले दोस्रो खेलमा पेरुसँग १-० ले जित्यो । पेरुसँगको खेलमा एक मात्र निर्णयक गोल केलियन बाप्पेले खेलको ३४ औं मिनेटमा गरेको थिए । उनी फ्रान्सका लागी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बने।



अर्जेन्टिनाका लागी समूह चरणको यात्रा भने सहज हुन सकेन । पहिलो खेलमानै नवप्रवेशी आईसल्याण्डसँग १-१ को बराबरी खेल्दै निराश पारेको थियो । दोस्रो खेलमा क्रोएसियासँग ३-० को लज्जास्पद हार बेहोर्दै यात्रा झनै कठिन बनाएको अर्जेन्टिनाले अन्तिम खेलमा नाईजेरियालाई २-१ ले पराजित गर्दै समूह डि को उपविजेता बन्दै नकाउट चरणकमा प्रवेश गरेको थियो। १-१ को स्थीतीलाई खेल सकिन  पाँच मिनेट बाँकी हुदा सर्जियो यग्युरोले एक गोल थप्दै खेलनै पल्टाई दिएका थिए ।

आजको भविष्यवाणी

कुनै पनि पक्षमा आजको नकाउट चरणको पहिलो खेल निकै नै रोचक हुनेछ । उता फ्रान्स मेस्सीलाई रोक्दै गोल गर्ने दाउमा हुने छ भने, यता अर्जेन्टिना गोल गर्ने प्रयासमा हुनेछ । अर्जेन्टिनाकालागी फ्रान्सका स्ट्राईकर एन्टोनी ग्रिजम्यान र केलियन बाप्पे घातक साबित हुन सक्छन्। यी दुईबीचको खेल थप समयमा जान सक्छ । किनकी, आक्रमणकारी अर्जेन्टिनाविरुद्ध फ्रान्सले डिफेनस गर्दै अन्त्यमा फ्रान्स १ अर्जेन्टिना ० को स्थितिमा पुग्न सक्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।