बिहीबार, भदौ ४, २०८३

घर भत्किएकालाई ५० हजार राहत दिने सरकारको निर्णय

सरकारले अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं– सरकारले अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।बुधवार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकमा वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो। 

बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.अनिल पोखरेलले बाढीपहिरोमा परेर बुधबार मध्याह्नसम्म ५२ जनाको निधन भएको जानकारी दिँदै तत्काल राहतका लागि सरकार लागिपर्ने बताए।  

उनले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएको जानकारी दिए। कार्यकारी प्रमुख पोखरेलका अनुसार बाढीपहिरोले क्षति पुर्याएको स्थानमा प्रधानमन्त्री देउवाले अवलोकन गर्ने भएका छन्। पोखरेलले बाढीपहिरोमा जनधनको ठूलो क्षति भएको बताउँदै किसानहरुलाई तत्काल राहतको व्यवस्था गरिने स्पष्ट पारे।

कार्यकारी प्रमुख पोखरेलले पीडितको उद्धारका लागि अझै पनि पर्याप्त स्रोतसाधन नभएकाले धेरै क्षति भएको बताए। 


प्रकाशित: Oct 20, 2021| 17:19 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।