बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको दाहसंस्कार

पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको दाहसंस्कार

खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दाहसंस्कार गरिएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

हुम्ला- खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दाहसंस्कार गरिएको छ। अविरल वर्षापछि मंगलबार घरमाथिबाट आएको पहिरोमा परेर  एकै परिवारका ६ जनाको मृत्यु भएको थियो।

आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको पहिरोले धाविरे शाही घर पुरिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।   -न्युज कारखाना 

प्रकाशित: Oct 20, 2021| 20:00 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।