शनिबार, असोज २४, २०८३

शाहिद कपुरको 'जर्सी' ३१ डिसेम्बरमा रिलिज हुने

पछिल्लो फिल्म ‘कवीर सिंह’को सफलताले बलिउडमा शाहिद कपुरको स्टारडम पुनः एकपटक उचाइमा छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं- पछिल्लो फिल्म ‘कवीर सिंह’को सफलताले बलिउडमा शाहिद कपुरको स्टारडम पुनः एकपटक उचाइमा छ। कवीर सिंहको सफलतापछि शाहिदलाई धेरै फिल्म अफर भए। त्यसमा केही त साउथ इन्डियन फिल्मकै बलिउड रिमेक पनि थियो। अन्ततः उनले रोजे ‘जर्सी’। 

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेसनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन्। त्यसपछि उनी नेसनल टिमसम्म कसरी पुग्छन? भन्ने विषयलाई फिल्ममा देखाइनेछ। यसको ओर्जिनल फिल्ममा नानीले काम गरेका छन्। 

रिमेक फिल्ममा काम गर्ने मनसाय नरहेका शाहिदले ओर्जिनल कथा खोजेका थिए। तर, जर्सीको कथा सुने। ‘मैले कथा सुनेपछि चार पटक फिल्म हेरेँ र जोडिएँ’, शाहिदले भनेका छन्, ‘म सक्कली फिल्म गर्न चाहन्थोँ, मानिसहरूले नसोचुन कि म रिमेक मात्र गर्दैछु। तर, जब मैले यो फिल्म हेरेँ, यसले मेरो हृदय छोयो। चरित्र कवीर सिंह जस्तो छैन। ऊ शान्त, अन्तर्मुखी मानिस हो तर, उसको तीव्रता र यात्रा मेरो लागि प्रेरणादायक छ।’ 

शाहिदले फिल्मकै लागि प्रशिक्षणसमेत लिए। उनी क्यारेक्टरलाई झनै बुलन्द बनाउन हरेक प्रयास गरेका छन्। फिल्ममा शाहिदको को–स्टारको रूपमा मृनाल ठाकुर हुनेछिन्। साउथ फिल्म जर्सीकै निर्देशक गौतमले यसलाई निर्देशन गरेका छन्। फिल्म यसै वर्षको अन्त्य ३१ डिसेम्बरमा रिलिज हुनेछ।    -न्युज कारखाना 

प्रकाशित: Oct 20, 2021| 20:16 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।