बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा कृषिबालीमा मात्रै दुई अर्बभन्दा बढीको नोक्सान भएको अनुमान

कैलालीमा कृषिबालीमा मात्रै दुई अर्बभन्दा बढीको नोक्सान भएको अनुमान

गत ३१ असोजदेखि आएको अविरल बर्षाका कारण कैलालीमा कृषिबालीमा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

धनगढी- गत ३१ असोजदेखि आएको अविरल बर्षाका कारण कैलालीमा कृषिबालीमा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। यस बर्ष कैलालीको ७० हजार हेक्टर जमीनमा धान खेती भएको थियो। तीन दिनसम्मको अविरल बर्षा र हावाहुरीका कारण त्यसमध्ये ३० प्रतिशत अर्थात २१ हजार हेक्टरमा लगाएको बाली नष्ट भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ।

‘२१ हजार हेक्टर जमीनबाट सरदर नौ लाख ५४ हजार क्विन्टल धान उत्पादन हुन सक्थ्यो,’ केन्द्रका प्रमुख खगेन्द्र शर्माले भने, ‘बर्षाले दुई अर्बभन्दा बढीको नोक्सानी भएको छ।’ कैलालीमा गत बर्ष ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा तीन लाख १५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो। 

केन्द्रका अनुसार कैलालीको दक्षिण पुर्वि क्षेत्रमा लगाएको धानवालीमा बढी क्षेति भएको छ। ‘बर्षा र हावाहुरीले जिल्लाभर नै क्षेति गरेको छ,’ शर्माले भने, ‘तर दक्षिण पूर्वि क्षेत्रमा बढी क्षेति भएको छ।’ 

सुदूरपश्चिम प्रदेश सरकारले गत बर्ष कृषिबालीमा क्षेति भएको प्रति कठ्ठा दुई सय ६६ रुपैयाँ ६७ पैसाका दरले क्षेतिपूर्ति दिने निर्णय गरेको थियो।

त्यसका आधारमा कैलालीका किसानलाई क्षेति पूर्ति दिने हो भने करिब १६ करोड ८० लाख बजेट आवश्यक पर्ने देख्निछ। त्यसका लागि संघीय सरकारको सहयोग आवश्यक पर्ने ज्ञान केन्द्रका प्रमुख शर्मा बताउँछन्। तर किसानलाई नगद भन्दा गहुँ खेतीमा सहुलित बीउ, मल उपलब्ध गराए सजिलो हुने उनको भनाइ छ।   

-न्यूज कारखाना

प्रकाशित: Oct 20, 2021| 14:20 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।