बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरो अपडेट: ५० जनाको मृत्यु, ३१ बेपत्ता, कहाँ के भयो?

बाढीपहिरो अपडेट: ५० जनाको मृत्यु, ३१ बेपत्ता, कहाँ के भयो?

प्रदेश १ मा मात्रै २७ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा १५ जनाको बाढीपहिरोमा परेर ज्यान गएको छ। कर्णाली प्रदेशमा ७ र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं- अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ५० जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्। प्रदेश १ मा मात्रै २७ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा १५ जनाको बाढीपहिरोमा परेर ज्यान गएको छ। कर्णाली प्रदेशमा ७ र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ। 

जिल्लागत हिसाबमा प्रदेश १ को इलाममा १२, पाँचथरमा ७, धनकुटामा ६ र सुनसरीमा २ जनाको पहिरोमा पुरिएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशको डोटीमा ९, बैतडीमा ४ जना र डडेलधुरामा २ जनाको मृत्यु भएको छ। त्यस्तै कर्णाली प्रदेशको हुम्लामा ६ र कालिकोटमा १ जनाको पहिरोमा पुरिएर मृत्यु भएका छ। बागमती प्रदेशको सिन्धुलीमा पनि एक जनाको मृत्यु भएको छ। 

बाढीपहिरोमा परेर बझाङमा २३, कैलालीमा ४, इलाममा ३ र डोटीमा एकजना बेपत्ता भएका छन्। बझाङको थलारा गाउँपालिका–४ को डिख्लामा मंगलबार बिहान परेको पहिरोले घर बगाउँदा चार परिवारका २३ जना बेपत्ता छन् भने कैलालीमा नदीमा बगेर चार र डोटीमा एक जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै इलाममको माङसेबुङ गाउँपािलकामा २ र फाकफोकथुम गाउँपालिकामा एक जना बेपत्ता भएका छन्। 

इलाममा पहिरोमा पुरिएर १२ जनाको मृत्यु, ३ बेपत्ता

अविरल वर्षासँगै गएको पहिरोमा परी इलाममा १२ जनाको मृत्यु भएको छ। पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ५ जनाको भएको छ। त्यस्तै सूर्योदय नगरपालिकामा ३, माई नगरपालिकामा १ र माङसेवुङ गाउँपालिकामा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। इलाममा अझै ३ जना बेपत्ता रहेका छन्।

टीका लगाउन आएका पाहुनासहित ६ जनाको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा टिका लगाउन आएका तीन जना पाहुँनासहित ६ जनाको मृत्यु भएको छ। मंगलबार राति खसेको पहिरोमा ६ जना घाइते छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा एकैघरका ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ छन्। यस्तै झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। स्थानीयका अनुसार उनीहरु टिका लगाउन पाहुँना आएका थिए। पहिरोमा परि घाइते ६ जनामध्ये तीन जनाको अवस्था चिन्ताजनक छ। 

पाँचथरमा ७ जनाको मृत्यु

अविरल वर्षासँगै गएको पहिरोमा पुरिए पाँचथरका विभिन्न स्थानमा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सदरमुकाम फिदिम, मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको हो। 

डोटीमा एकै परिवारका चारसहित ९ जनाको मृत्यु

सुदूरपश्चिमको डोटीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनासहित ९ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पहिरोमा च्यापिएर जोरायल गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीय पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो। जोरायल गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ।

डोटीकै सायल गाउँपालिका–६ खातिवाडामा घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर दिलबहादुर कुन्जेडाका १४ वर्षीय  छोरा सागर कुन्जेडा र ११ वर्षीय छोरा आशिस कुन्जेडाको मृत्यु भएको छ। डोटीकै शिखर नगरपालिका वडा नम्बर ११ कि ३५ वर्षीय मन्धरा बलायरको पहिरोको ढुङ्गा लागेर मृत्यु भएको छ। यस्तै सुदूरपश्चिमको बैतडीमा ४ र डडेल्धुरामा २ जनाको पनि पहिरोमा पुरिएर ज्यान गएको छ। 

पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनाको शव भेटियो

हुम्ला पहिरोले घर पुरिँदा वेपत्ता भएका ६ जनाकै मृत्यु भएको छ। मृत्यु हुनेहरुमा खार्पुनाथ गाउँपालिका ५ खर्पेल गाउँका घरमुली धनविरे शाही, कलबहादुर शाही, धोक्ची शाही, हुमेश शाही, अलिन्द शाही र दुई वर्षिय नाबालक छन्। 

पहिरोले घर पुरिंदा बेपत्ता भएका ६ जनाकै शव आज (बुधबार) बिहान भेटिएको हुम्लाका डीएसपी हेरम्भ शर्माले जानकारी दिए। अविरल बर्षापछि आएको बाढीले हिजो राती करिव ८ बजेतिर पहिरोले घरसँगै परिवारका सबै सदस्यलाई पुरेको थियो।

प्रकाशित: Oct 20, 2021| 13:55 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।