बुधबार, वैशाख १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्‍चिम: अप्टिकल फाइबर काटिँदा सञ्‍चार पनि अवरुद्ध, विवरण थाहा पाउन कठिनाइ

सुदूरपश्‍चिम: अप्टिकल फाइबर काटिँदा सञ्‍चार पनि अवरुद्ध, विवरण थाहा पाउन कठिनाइ

कैलाली र कञ्‍चनपुरमा कृषिबालीमा क्षति पुग्‍नुका साथै कतिपय बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गरिएका छन्। पहाडी जिल्लामा सञ्‍चार सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण तथा समस्यामा परेकाहरुको अवस्था बुझ्‍न कठिन भइरहेको छ।
 |  बुधबार, कात्तिक ३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

vianetvianet

काठमाडौं- तीनदेखि परेको वर्षाका कारण सुदूरपश्‍चिमको जनजीवन कष्टकर बनेको छ। दार्चुला, बैतडी, बझाङ, डडेल्धुरालगायतका जिल्लामा गरी सुदूरपश्‍चिम प्रदेशमा १४ जना बढीको ज्यान गएको छ। २४ जनाभन्दा बढी बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ।

triton college

कैलाली र कञ्‍चनपुरमा कृषिबालीमा क्षति पुग्‍नुका साथै कतिपय बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गरिएका छन्। पहाडी जिल्लामा सञ्‍चार सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण तथा समस्यामा परेकाहरुको अवस्था बुझ्‍न कठिन भइरहेको छ। 

बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले सञ्‍चार अवरुद्ध हुँदा यकिन अवस्था थाहा पाउन कठिन भइरहेको बताए। ‘ढुँगाढमा ६० जनाजति सेती नदिको बीचमा फसेका थिए,’ अध्यक्ष धामीले नेपाल समयसँग भने, ‘एनसेल मोबाइलमा भइरहेको सम्पर्क समेत अहिले विच्छेद भएकाले त्यहाँ के भइरहेको छ जानकारी लिनै कठिनाई भइरहेको छ।’

त्यस्तै शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले वडा नम्बर ६ बसेडीमा ३ जनाको ज्यान गएको बताउँदै थप जानकारीका लागि सम्पर्क हुन नसकिरहेको बताइन्। ‘गाउँतिर कसैलाई पनि सम्पर्क हुन सकिरहेको छैन,’ कञ्‍चनपुरमा रहेकी उनले भनिन्, ‘मंगलबार दिउँसो बसेडीमा ३ जनाको ज्यान गएको थाहा पाएकी थिएँ। त्यसपछि सम्पर्क हुन सकिरहेको छैन।’

पछिल्लो समय पहाडी जिल्लाका प्रहरी तथा प्रशासनमा समेत सम्कर्प हुन सकिइरहेको छैन। दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटीलगायतका पहाडी जिल्लामा सञ्चार सम्पर्क हुन सकिरहेको छैन। जसका कारण क्षति तथा उद्धार गर्नुपर्नेहरुको विवरण थाहा पाउन कठिनाई भइरहेको छ।

National life insurance

नेपाल दूरसञ्‍चार कम्पनी बैतडीका प्रमुख बिक्रम राम टमटाले कैलालीको भासु भीरदेखि नै अप्टिकल फाइबर काटिएकाले सञ्चार सम्पर्क टुटन गएको बताए। ‘भासुमा पहिरो जाँदा अप्टिकल फाइबर काटिएको छ’ सञ्चार सेवा सूचारुका लागि कैलाली पुगेको बताउँदै उनले भने, ‘ठाउँ ठाउँमा पहिरो जाँदा अप्टिकल फाइबर क्षीतविक्षित भएकाले सञ्चार सेवा अवरुद्ध भएको छ।’

अप्टिकल फाइबर काटिएकाले सञ्चार सेवा स्थायी रुपमै सूचारु गर्न समय लाग्‍ने उनको भनाई थियो। तर, अस्थायी रुपमा भए पनि सकेसम्म चाँडो भन्दा चाँडो सेवा सूचारु गर्नका लागि आफु सहीतको टोली कैलालीको बुड्तोला आएको प्रमुख टमटाले बताए। ‘विद्युत पनि अवरुद्ध भएको छ। सबै क्षेत्रमा सञ्चार सूचारु गर्नका लागि विद्युत सेवा सूचारु हुनैपर्ने हुन्छ,’ उनले भने, ‘तत्कालका लागि अस्थायी रुपमा पहाडी जिल्लाका सदरमुकामहरुमा सुचारु गर्न पहल गरिरहेका छौं।’

यता नेपल दूरसञ्चार कम्पनी (एनटीसी)ले पहिरोका कारण अप्टिकल फाइबर काटिँदा सञ्चार सम्पर्क अवरुद्ध भएको जानकारी दिएको छ। एन्टीसी केन्द्रिय कार्यालयले ठाउँ ठाउँमा पहिरो गएका कारण सेवा अवरुद्ध भन्दै बुधबार सेवा सूचारुका लागि केन्द्रिय कार्यालयबाटै टीम पठाउने तयारी गरेको जनाएको छ।

प्रकाशित: Oct 20, 2021| 13:43 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।