बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्‍चिमका ७ पहाडी जिल्लामा यातायात ठप्प, सञ्‍चार र विद्युत सेवा अवरुद्ध

सुदूरपश्‍चिमका ७ पहाडी जिल्लामा यातायात ठप्प, सञ्‍चार र विद्युत सेवा अवरुद्ध

लगातारको वर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

धनगढी- लगातारको वर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ। 

National life

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अबिरल बर्षाका कारण डोटीको जोरायल गाउँपालिका स्थित बुडर नजिकै भीमदत्त राजमार्गमा पहिरो खस्दा ७ वटै जिल्ला जोड्ने सडक अबरुद्ध बनेको हो।

भीमदत्त राजमार्ग अन्तरगत नै कैलालीको चुरे गाउँपालिका स्थित भासु भिर नजिक पनि पहिरो गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकी प्रहरी जवान राधा भट्टले बताइन्।

उनका अनुसार लगातारको बर्षापछि पहिरो जाँदा डोटीस्थित कालागार, बैतडीको खोड्पे अन्तर्गतको जयपृथ्बी राजमार्ग सडक खण्ड अबरुद्ध छ।

यसैगरी, बैतडीको सतबाझ सडकखण्ड, दार्चुलाको महाकाली नगरपालिकास्थित खिम्त सडक खण्ड, अछामको कैलासखोला, ठूलासैनी सडक खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित बनेको भट्टले बताइन्।

Shivam cement

सडक सञ्चालन गर्न अहिले सवै क्षत्रमा डोजर परिचाल गरिएको छ। केही क्षेत्रमा सडक भासिएका कारण पूर्ण रुपमा सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने उनले बताइन्। सुदूरपश्चिमका ७ पहाडी क्षत्रेमा विगत ३ दिनदेखि विद्युत र सञ्चार सेवा समेत अबरुद्ध बनेको छ। -न्युज कारखाना

प्रकाशित: Oct 20, 2021| 12:21 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।