बुधबार, कात्तिक १२, २०८२

सुदूरपश्चिममा बाढीपहिरोमा परेर १४ जनाको मृत्यु

लगातारको वर्षापछि आएको बाढीपहिरोमा परेर सुदूरपश्चिममा १४ जनाको ज्यान गएको छ ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

धनगढी- लगातारको वर्षापछि आएको बाढीपहिरोमा परेर सुदूरपश्चिममा १४ जनाको ज्यान गएको छ ।

Kumaribank

पहिरोमा परेर सबैभन्दा बढी डोटीमा ९ जनाको ज्यान गएको छ । यस्तै गरेर बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको ज्यान गएको छ ।

डोटीमा ज्यान गुमाउनेमा एकै परिवारका चार जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पहिरोमा च्यापिएर जोरायल गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीय पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो ।

जोरायल गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ । डोटीकै सायल गाउँपालिका–६ खातिवाडामा घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर दिलबहादुर कुन्जेडाका १४ वर्षीय  छोरा सागर कुन्जेडा र ११ वर्षीय छोरा आशिस कुन्जेडाको मृत्यु भएको छ ।

डोटीकै शिखर नगरपालिका वडा नम्बर ११ कि ३५ वर्षीय मन्धरा बलायरको पहिरोको ढुङ्गा लागेर मृत्यु भएको छ ।

Metro Mart

बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन् ।

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले बताए ।

डडेल्धुरामा खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको हो । घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेला माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए ।

प्रकाशित: Oct 20, 2021| 08:00 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।