आइतबार, जेठ १७, २०८३

प्रदेश १ मा विद्युत आपूर्ति ठप्प

अविरल वर्षाका कारण सुनसरी दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेशन डुबानमा परेको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८
National life
Shivam cement

विराटनगर– अविरल वर्षाका कारण सुनसरी दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेशन डुबानमा परेको छ। सबस्टेशन डुबानमा परेपछि प्रदेश १ मा विद्युत काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

दुहवीको सबस्टेशन डुवानमा परेपछि विराटनगर वितरण केन्द्रमार्फत वितरण हुने विद्युत अवरुद्ध भएको हो। विराटनगर वितरण केन्द्रले ४ वटा सब–स्टेशनको २५ ग्रिडमार्फत विद्युत आपूर्ति गर्दै आएको छ ।

टंकीसिनवारी, रानी, बाँसबारी र कटहरी सब–स्टेशनबाट २५ ग्रिडमा विराटनगर, कटहरी, ग्रामथान, बुढीगंगा र जहदाको प्रणारण लाइन एकै पटक अवरुद्ध भएको विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका सूचना अधिकृत भरत केसीले बताए ।

इलाम, पाँचथर र ताप्लेजुङमा निजी क्षेत्रबाट सञ्चालित जनविद्युत आयोजना पनि अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित: Oct 20, 2021| 06:55 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।