बिहीबार, भदौ ४, २०८३

प्रा. मिश्रद्वारा पुरस्कार बापतको २ लाख दान

प्रा. मिश्रको सो सहयोग रकमलाई उपयोग गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गरेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार’द्वारा सम्मानित प्रा डा वीरेन्द्रप्रसाद मिश्रले पुरस्कारबापत आफूले पाएको दुई लाख रकम दर्शनशास्त्र विषयको अध्ययन-अनुसन्धानलाई थप प्रभावकारी तुल्याउन सहयोग पुर्‍याउन दान दिएका छन्।

प्रा. मिश्रको सो सहयोग रकमलाई उपयोग गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गरेको छ। दर्शनशास्त्रको अध्ययन-अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले कोष स्थापना भएको जनाइएको छ।

प्रतिष्ठानका सदस्य सचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा जगतप्रसाद उपाध्यायले डा मिश्रले दिएको उक्त रकमलाई बीज पूँजीका रूपमा जम्मा गरी रु तीन लाख थप गरेर रु पाँच लाखको ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए।   


प्रकाशित: Aug 05, 2021| 08:55 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।