मंगलबार, फागुन २६, २०८२

म्यानमारका जेलबाहिर आफन्तहरुको भीड

सैन्य सरकारले हजारौंको संख्यामा उनीका आफन्तहरु रिहा गर्ने प्रतिबद्धता जनाएपछि ती व्यक्तिहरुका भीड भएको हो।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

म्यानमार-  म्यानमारमा प्रजातन्त्र समर्थक कैदीहरुका परिवारका सदस्यहरु मङ्गलबार  यहाँका विभिन्न जेलबाहिर भीड लागेका समाचारमा जनाइएको छ। सैन्य सरकारले हजारौंको संख्यामा उनीका आफन्तहरु रिहा गर्ने प्रतिबद्धता जनाएपछि ती व्यक्तिहरुका भीड भएको हो।

National life

गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारको विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताउनुभएको थियो। 

अक्टोबरको अन्त्यमा बौद्ध थन्डिथग्युत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताउनु भएको हो। छ महिनापछि आफ्ना परिवारजन छुट्टेपछि भेटघाटको सम्भावनाले खुशी भएका आफन्तजनको जेलबाहिर भीड लागेका समाचारमा जनाइएको छ।  

प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम शुरु भएको र यसबाट देशमा अराजकता छाएको छ। कूको विरोधका प्रदर्शन गर्ने व्यक्तिहरुलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजार भन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ।

अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरुमा रहेका राजनैतिक कैदीहरुको सहायता सम्बन्धी एक संस्थाका अधिकारीहरुले जानकारी दिएका छन्।  

Laxmi sunrise bank
kumari

जुलाई महिनामा देशभरका जेलहरुबाट २ हजार भन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो। रिहा गरिएका यी व्यक्तिहरु सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिकहरु रहेका थिए। 

प्रकाशित: Oct 20, 2021| 02:00 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।