बुधबार, कात्तिक १२, २०८२

रानी जमरा–कुलरिया नहर फुट्यो, जानकी गाउँपालिका जोखिममा

कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ। नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

धनगढी- कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ। नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ। 

Kumaribank

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेको छ। नहर फुटेपछि ५०–६० घर डुबान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। 

उनका अनुसार अहिले जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा नहरमा निर्माण गरिएका थ्रेटर बन्द गर्ने काम भइरहेको छ। तर कर्णालीमा पानीको अत्याधिक बहावले थ्रेटर पुर्न समस्या भइरहेको। सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैगरी टिकापुरस्थित नदी नियन्त्रण गर्न निर्माण गरिएको ड्याम भत्किएपछि कर्णाली नदी गाउँ पसेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले तटबन्ध बगाएको छ। तटबन्ध बगेपछि कर्णाली नदी गाउँ पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता विष्टले बताए। 

मंगलबार साढे १ बजेतिर तटबन्ध बगेको हो। कर्णालीले तट्बन्धन बगाउँदा टीकापुरका वडा नम्बर ५, ६, ७, ८ र ९ मा प्रभाव परेको छ। -न्युज कारखाना

Metro Mart

प्रकाशित: Oct 19, 2021| 17:24 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।