आइतबार, जेठ १७, २०८३

सिटिजन्स बैंक लुटपाटमा संलग्‍न थप एक पक्राउ

भारत अररिया फारवेसगञ्‍ज १० का २० वर्षीय रोशन यादवलाई सुनवर्षी नगरपालिका ८ बाट सोमबार नियन्त्रणमा लिएर प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

विराटनगर- मोरङ धनपालथान–४ कर्सिया बजारमा शाखा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारत अररिया फारवेसगञ्‍ज १० का २० वर्षीय रोशन यादवलाई सुनवर्षी नगरपालिका ८ बाट सोमबार नियन्त्रणमा लिएर प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।

National life

प्रहरीले यसअघि पक्राउ परेका अभियूक्त श्याम मुखियाको डेरा कोठामा खानतलासी गर्दा  एक थान ९ एमएमको पेस्तोल, सो पेस्तोलको एक थान म्याग्जिन र आधा केजी गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए। 

गत असोज २५ गते पौने ४ बजेतिर कर्सिया बजारको बीपी चोकमा रहेको सिटिजन्स बैंकमा नगद लुटपाटमा संलग्न ३ जनालाई सोही प्रहरीले पक्राउ गरेको थियो। विराटनगर महानगरपालिका ८ का ३२ बर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ का २८ बर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ का ३० बर्षीय विजय सहनीलाई बैंक लुटेर भाग्दै गर्दा धनपालथान २ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो। 

बैंक लुटपाटमा संलग्‍न ४ जनाको समूहले असोज २२ गते विराटनगरको एक गार्मेन्टमा पनि लुटपाट गरेको खुलेको छ। कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई हातहतियार देखाई नगद १२ हजार लुटेको अनुसन्धानका क्रममा खुलेको डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: Oct 19, 2021| 16:58 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।