बुधबार, जेठ २०, २०८३

बैतडीको ढुंगाड बस्ती जोखिममा, करिब दुई सय परिवार विस्थापित

बैतडीको सिगास गाउँपालिका–५ स्थित ढुंगाड बस्ती जोखिममा परेको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– बैतडीको सिगास गाउँपालिका–५ स्थित ढुंगाड बस्ती जोखिममा परेको छ। बस्तीको दुई तर्फबाट सेती नदीले घेरेपछि करिब २ सय परिवार विस्थापित गरिएको सिगास गाउँपलिकाका अध्यक्ष हरि सिंह धामीले जानकारी दिए। 

National life

उनका अनुसार अहिले करिब ६० जना उद्धारको पर्खाइमा रहेका छन्। ‘करिब २ सय परिवार रहेको गाउँ नै जोखिममा परेपछि परिवार माथि विद्यालयमा सारिएको छ,’ गाउँपालिकाका अध्यक्ष धामीले भने, ‘५० देखि ६० जना त्यहीँ रहेका छन्। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मगाएका थियौं। मौसमका कारणले हेलिकप्टरबाट पनि उद्धार हुन सकेको छैन।’ 

उनका अनुसार करिब २ सय परिवारलाई सोमबार राति नै विद्यालयमा स्थानान्तरण गरिएको हो। बाँकी ५० देखि ६० जनालाई उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेनालाई खबर गरी उद्धारको पहल गरिए पनि तत्काल उद्धार सम्भव नभइरहेको धामीको भनाइ थियो।

गत आइतबारदेखि नै परेको वर्षाका कारण बैतडीका अधिकांश स्थानमा टेलिकम र एनसेलका नेटवर्कले काम गरेका छैनन्। ढुंगाड बस्तीमा पनि मोबाइल फोनले काम नगरेपछि बस्तीसँगको सम्पर्क विच्छेद भएको गाउँपालिकाका अध्यक्ष धामीको भनाइ छ। जिल्लाका अधिकांश स्थानमा मोबाइल फोनका नेटवर्क समेत सौर्य उर्जाबाट सञ्चालित भएका कारण सामान्य पानी पर्ने बित्तिकै सम्पर्क विच्छेद हुने समस्या रहेको छ। 


प्रकाशित: Oct 19, 2021| 15:38 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।