बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • महाकालीको बाढी प्रभावित क्षेत्र पुगे एनपी साउँद, उद्धार र राहतको व्यवस्था गर्न आग्रह

महाकालीको बाढी प्रभावित क्षेत्र पुगे एनपी साउँद, उद्धार र राहतको व्यवस्था गर्न आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद महाकालीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। आइतबारदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा बाढी आएपछि उनी प्रभावित क्षेत्रमा पुगेका हुन्।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

कञ्‍चनपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद महाकालीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। आइतबारदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा बाढी आएपछि उनी प्रभावित क्षेत्रमा पुगेका हुन्।

National life

महाकाली नदीमा पछिल्लो सात दशकयताकै सबैभन्दा बढी पानीको वहाब आएको छ। सोमबार पानीको वहाब पाँच लाख ३१ हजार क्युसेक रहेको जनाइएको छ। 

बाढीका कारण महाकालीको भुजेला क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। उक्त क्षेत्रमा पुगेर पूर्वमन्त्रीसमेत रहेका नेता साउँदले स्थानीयलाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छन्। 

त्यसैगरी स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रशासन र सरोकारवालाहरुलाई तत्काल उद्धार र राहतमा खटिन समेत आग्रह गरेका छन्। उनले नेपाल समयसँग कुरा गर्दै भने, ‘बेमौसमी वर्षाका कारण आएको बाढीले किसानहरुको धानबाली नस्ट गरेको छ। एकातर्फ जीवन कसरी जोगाउने भन्‍ने चिन्ता बढेको छ भने अर्कोतर्फ जीवन जोगाउन सफल भएमा वर्षभरी के खाने भन्‍ने चिन्ता बढेको छ। तत्काल सरकारले यसको लगत संकलन गर्दै क्षतिपूर्ति दिनुपर्छ।’ 

उनले यसका लागि आफूले पहल गर्नेसमेत बताएका छन्। नेता साउँद सिँचाइमन्त्री भएको समयमा भुजेलाको बस्ती जोगाउनका लागि बनाइएको पाँच किलोमिटर तटबन्धको पनि उनले निरीक्षण गरेका छन्। 

Shivam cement

पुर्ख्यौली घर डडेल्धुरा पुगेका नेता साउँद बाढी आएको थाहा पाउनेबित्तिकै कञ्‍चनपुर पुगेका थिए। उनले स्थानीयलाई सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।

प्रकाशित: Oct 19, 2021| 15:23 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।