बुधबार, कात्तिक १२, २०८२

सुदूरपश्‍चिममा बाढी पहिरोमा ६७ जना फसे

बैतडीको सिगास गाउँपालिका–५, ढुंगाडमा सेती नदीको छेउमा बस्दै आएका १० परिवारका ६० जना फसेको बताइएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

भीम चौधरी

भीम चौधरी

मंगलबार, कात्तिक २, २०७८

धनगढी- आइतबारदेखिको लगातार वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन्। बैतडीको सिगास गाउँपालिका–५, ढुंगाडमा सेती नदीको छेउमा बस्दै आएका १० परिवारका ६० जना फसेको बताइएको छ। 

Kumaribank

गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष रामबहादुर धामीले बस्तीको चारैतिर नदी बगिरहेको र बीचमा ६० जना फसेको बताए। प्रवक्ता धामीले उनीहरुको उद्धारका लागि प्रदेश सरकारसंग छलफल भइरहेको बताए। 

ढुंगाडस्थित सेती नदीको किनारमा एक सय २० परिवार बस्दै आएका छन् उनले भने, ‘अधिकांश बाढीको जोखिम हुने भन्दै राति नै सुरक्षित स्थानमा सरेका छन्। उनीहरुलाई विद्यालयमा राखिएको छ।’

उनीहरुको उद्धारका लागि वडा नम्बर ८ मा रहेको सिवलिङ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश सिह पालले बताए।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीमा फसेका छन्। 

Metro Mart

लगातारको वर्षाले नदीको एक भँगालो पूर्वतर्फबाट बग्न थालेपछि ५० वर्षीय गौरी खड्का, ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीय शान्ति नायक, १० वर्षका अजय नायक र ४ वर्षीय सुरज नायक फसेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

यता, कैलालीको मोहन्याल गाउँपालिका–४ खिमडीमा दुई जना फसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। उनीहरुको उद्धारको प्रयास भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताए।

प्रकाशित: Oct 19, 2021| 14:16 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।