बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पोर्चुगलविरुद्ध भिड्दै उरुग्वे : स्वारेजले रोक्लान रोनाल्डोलाई ?

पोर्चुगलविरुद्ध भिड्दै उरुग्वे : स्वारेजले रोक्लान रोनाल्डोलाई ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप फुटवबल प्रतियोगिता अन्तर्गत आजबाट सुरु हुने प्रि–क्वाटर फाइनलको दोस्रो खेलमा पोर्चुगलविरुद्ध उरुग्वे मैदानमा उत्रिदै छ । 

समुह ए को विजेता उरुग्वे र समुह बी को उपविजेता पोर्चुगलबीचको खेल नेपाली समयअनुसार शनिबार राती पौने १२ बजे हुनेछ । दुबै देश एक अर्कालाई हराउने रणनीतिमा छन् । 

आजको खेलमा पोर्चुगललाई रोक्न उरुग्वेले ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ । निकै लयका देखिएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो उरुग्वेका लागि सबैभन्दा ठूलो बाधक बन्न सक्छन् । रोनाल्डोले जारी विश्वकपको ३ खेल खेल्दा ४ गोल गरिसकेका छन् । 

दुई पटक विश्वकप जितेको उरुग्वेलाई रोक्नु युराेकप विजेता पोर्चुगलका लागि पनि ठूलै चुनौती देखिन्छ । समुह चरणका सबै खेल जितेर आएको उरुग्वेको लय तोड्न पोर्चुगलले कडा मेहेनत गर्नुपर्ने देखिन्छ । उरुग्वेसंग लुइस स्वारेज र एडिन्सन काभानी जस्ता स्ट्राइकर छन् ।
 
पोर्चुगल र उरुग्वेबीच अहिलेसम्म दुईपटक भेट भएको छ । पोर्चुगलले एकपटक जितेको छ भने एकपटक बराबरी भएको छ । पछिल्लोपटक सन् १९७२ मा यी दुईबीच भएको खेल १-१ को बराबरीमा टुंगिएको थियो । त्यसैगरी, सन् १९६६ मा पोर्चुगलले उरुग्वेलाई ३-० ले हराएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।