बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • महाकालीमा फसेका पाँचजनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिँदै

महाकालीमा फसेका पाँचजनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिँदै

महाकाली नदीमा फसेका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिने भएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

धनगढी– महाकाली नदीमा फसेका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिने भएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढीपहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर गएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ। 

National life

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीस्थित महाकालीमा पाँच जना फसेका छन्। उनीहरू बाढीका कारण पूर्णागिरी मन्दिरको फेदमा रहेको टापुमा थुनिएको बताइएको छ। मसेट्टीका स्थानीयले उक्त क्षेत्रमा कुखुरा पालन गरेर बस्ने गरेका थिए। लगातारको वर्षाले नदीको एक भँगालो पूर्वतर्फबाट बग्न थालेपछि उनीहरू फसेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

महाकाली नदीमा पानीको वहाव निरन्तर बढ्ने क्रममा छ। ‘सोमबार बिहान महाकालीमा पानीको वहाव ५ लाख २ हजार क्युसेक मापन गरिएको छ’, उनले भने, ‘जुन यो वर्षकै सबैभन्दा बढी हो। बाढी अझै बढ्ने क्रम जारी छ।’

महाकाली नदीमा पानीले खतराको सतह नाघेपछि भारतको बनबासा जोड्ने शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ। शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको उनले बताए।

आइतबारदेखि परेको लगातारको वर्षाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीमा बढी क्षति पु¥याएको छ।

Shivam cement

प्रकाशित: Oct 19, 2021| 12:39 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।