बुधबार, चैत ११, २०८२

अर्जेन्टिना र फ्रान्सको भिडन्त आज : कसले मार्ला बाजी ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा शनिबार (आज) बाट प्रि–क्वाटर फाइनलका खेलहरु सुरु हुँदैछन् ।

प्रि–क्वाटरफाइनलको पहिलो खेलमा आज समुह डी को उपविजेता अर्जेन्टिना र समुह सीको विजेता फ्रान्स भिड्दै छन् । काजान रङ्गशालामा हुने यी दुई देशबीचको खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुनेछ । 

उपाधी दाबेदार मानिएका दुई देशबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ । आजको खेलमा अर्जेन्टिनाका लियोनल मेसी, एन्जेल डी मारिया, हिग्वेन लगायतका खेलाडीको जादु कस्तो चल्ने हो त्यो प्रतिक्षाको विषय बनेको छ । यता फ्रान्सका लागि पल पोग्वा, एन्टोनी ग्रिजम्यानले कस्तो खेल्छन् त्यो धेरैको चासोको विषय बनेको छ । 

आजको खेल जित्नका लागि अर्जेन्टिनाले कडा मेहेनत गर्नुपर्ने देखिन्छ । अन्तिम १६ अन्तर्गतको पहिलो खेलमा भेट हुने फ्रान्स र अर्जेन्टिना दुवैले अहिलेसम्म प्रतियोगितामा आफ्नो छविअनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

फ्रान्स र अर्जेन्टिनाबीच अहिलेसम्म ११ पटक भेट भएको छ । जसमा ६ पटक अर्जेन्टिना विजयी भएको छ भने फ्रान्स जम्मा २ पटक विजयी भएको छ । ३ खेल बरारबरीमा टुङ्गिएको छ । पछिल्लोपटक सन् २००९ मा यी दुईबीच भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फ्रान्सलाई २–० ले हराएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।